काठमाडौं । राजावादीको प्रदर्शनले उग्ररुप लिएपछि गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ । मन्त्रालयले आज साँझ ६ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।
गृहमन्त्री रमेश लेखक, गृहसचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको बैठकपछि साँझ ६ बजे पत्रकार सम्मेलन हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ।
यसैबीच, तनावग्रस्त तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यूको आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो । काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राती १० बजेसम्म कर्फ्यू जारी भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया