काठमाडौं । काठमाडौंको तीनकुनेमा राजतन्त्रवादीहरुको प्रदर्शनका क्रममा आगजनी भएको घरमा जलेर पत्रकारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एभीन्यूजकर्मी सुरेश रजक रहेका छन् । तीनकुनेमा रहेको मार्बल हाउसको छतमा बसेर दृश्य कैद गरिरहेको अवस्थामा प्रदर्शनकारीले उक्त भवनमाथि आगजनी गरेका थिए । आगजनीमा परेर रजकको मृत्यु भएको एभीन्यूजले पुष्टि गरेको छ ।
उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया