काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा जारी गरेको कर्फ्यू स्थगन गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै कर्फ्यु स्थगन गरेको जनाएको हो ।
यसअघि, शुक्रबार बेलुका ४:२५ बजेबाट राति १० बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो। तर, अवस्था अझै नियन्त्रणमा नआएको भन्दै शनिबार बिहान ७ बजेसम्मका लागि आदेश लम्ब्याइएको थियो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनाअनुसार, २०७९ चैत १५ गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौं महानगरपालिकाका केही क्षेत्रमा लागू गरिएको कर्फ्यू २०८१ चैत १६ गते बिहान ७ बजेदेखि हटाइएको छ।
प्रशासनले निषेधित क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न प्रतिबन्ध लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया