आरआरको स्ववियु निर्वाचन स्थगित

लोकपथ
392
Shares

काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थिगित भएको छ । क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हालको असामान्य सुरक्षा परिस्थितिका कारण निर्वाचन सम्पन्न गर्न नसकिने जानकारी दिएका छन् ।

यस विषयमा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै क्याम्पस प्रमुख अधिकारीले अविलम्ब सर्वदलीय बैठक राखी नयाँ निर्वाचन मिति तय गरिने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?