काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले पक्राउ वा नजरबन्दमा राख्न लागेको आशंका व्यक्त गरेका छन् ।
शुक्रबारमा तीनकुनेमा घटेको घटनापछि नजरबन्दमा रहेका सुवेदीले विज्ञप्ती जारी गर्दै सो आशंका गरेका हुन् ।
त्यस्तै उक्त घटनालाई जोडेर आफू र पूर्व राजा ज्ञानेन्द्रलाई बदनाम गराउन खोजिएको समेत आरोप लगाएका छन् ।
त्यस्तै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको सुवेदीको दाबी छ ।
‘सभामा उपस्थित नागरिकहरू माथि अश्रु ग्याँस लगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतङ्क सिर्जना गर्ने घटनाको घोर भर्त्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहिद प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया