पत्रकार रजकको हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

लोकपथ
294
Shares

काठमाडौं । राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको विरोधमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । 

शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन् । 

शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो । 

प्रदर्शनकारीहरूले पत्रकारमाथिको हिंसात्मक आक्रमणको भर्त्सना गरौँ, पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर, जोर्नालिजम इज नट अ क्राइम, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायतका प्लेकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?