काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन् । शनिबार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भएका स्थानहरूको अनुगमन एवं निरीक्षण गरेका हुन् ।

शुक्रबारको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडीबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिबार उक्त क्षेत्रको अनुगमनका लागि गएका हुन् । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया