जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

लोकपथ
665
Shares

धनुषा । जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

क्ष्रिरेश्वरनाथ नगरपालिका–६ कुचाई टोल बस्ने कैलाश खातीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३८ वर्षीय अरुण कुमार ठाकुरसहित १३ जनालाई शुक्रबार बेलुकी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ३० हजार २ सय ३० नेपाली रुपैयाँ, ४ सय ३० भारतीय रुपैयाँ र ४ सय ८६ मलेसियन रिङ्गिट सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?