गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्न- ‘प्रहरी प्रशासनले तपाईँको आदेश मान्न छोडेका हुन् ?’

लोकपथ
3.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तपाईँको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । 

शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार आन्दोलनकारीहरुले तोडफोड गरी पुर्‍याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् । 

शुक्रबार राजावादीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्‍याएका थिए । सोही क्रममा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरू बताउँछन् । 

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईँको आदेश नमानेको हो की हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरूले शुक्रबार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरू र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्र लगायतका सम्पत्तिहरूमा आगजनी गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?