तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

लोकपथ
588
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको हो ।

शुक्रबार राजावादीहरुको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडीबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?