ज्ञानेन्द्रलाई देउवाकाे प्रश्न– ‘अहिले त यस्तो अराजकता मच्चाउँछन्, राजा बने के गर्लान् ?’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजकता मच्चाएको टिप्पणी गरेका छन् ।

शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारेको परिस्थितिबारे चर्चा गर्दै उनले पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्‍याए 

‘पूर्वराजाको नाममा हिजो हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घरहरूमा आक्रमण र क्षति भयो । त्यसैले स्पष्ट हुनुस् कि पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन् भने राजा बने के गर्लान् रु,’ उनले भने, ‘कहिले पनि संवैधानिक राजा भन्न खोजेका पनि थिएनन् । बन्ने नेचर पनि छैन। सम्भावना छैन । गणतन्त्र उनले चाहेर हट्नेवाला पनि छैन ।’ उनले देश गणतन्त्रको पक्षमा एकजुट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?