आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प

लोकपथ
1.7k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् ।

ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवेदन दिएका हुन् ।

ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठुलो जेलमा पठाएपछि थप कानुनी अड्चन फुकाउन अदालत पुगेका हुन् । निवेदनमा राष्ट्रपति र राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलामा उनीसँग व्यापक अधिकार रहेको दाबी गरिएको छ।

तर, यसअघि अमेरिकी डिस्ट्रिक्ट जज जेम्स बोआसबर्गले मार्च १५ मा लगाएको अस्थायी प्रतिबन्धलाई संघीय अपिल अदालतले बुधबार कायम राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?