तीनकुने घटना : पूर्वराजालाई विभिन्न शीर्षकमा बालेनले तोके ७ लाख ९३ हजार जरिवाना (पत्रसहित)

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । 

महानगरले  पूर्वराजा शाहको नाममा पत्र लेख्दै शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

महानगरले  कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभाबी फोहोर मैला गरेको– १ लाख , महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभाबी फोहोर मैला गरेको– १ लाख, तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभाबी फोहोर मैला गरेको– १ लाख, जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभाबी फोहोर मैला गरेको– १ लाख, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभाबी फोहोर मैला गरेको– १ लाख, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभाबी फोहोर मैला गरेको– १ लाख ,महानगरको दमकल फुटाएको– १ लाख ३० हजार, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार जरिवाना लगाएको हो । 

सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?