तीनकुने घटना : सरकारसँग मृतक पत्रकार सुरेश रजकको परिवारको यस्तो माग

लोकपथ
7.8k
Shares

काठमाडौं । शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा मृत्यु भएका एभिन्यूजकर्मी स्वर्गीय सुरेश रजकको परिवारले सरकारसँग विभिन्न मागहरु अघि सारेको छ ।

शनिबार रजकका परिवार र एभीन्यूज टेलिभिजन परिवारले संयुक्त रुपमा विभिन्न मागहरु अघि सारेका हुन् ।

दुवै पक्षले मृतकलाई निरपेक्ष रुपमा शहीद घोषणा गर्नुपर्ने, उच्चस्तरी समिति गठन गरी तीन दिनभित्र घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग अघि सारिएको छ ।

दुवै पक्षले संयुक्त रुपमा गृहमन्त्री रमेश लेखकलाई पत्र समेत बुझाएका छन् ।

त्यस्तै राज्य र प्रदर्शनकारी दुवै पक्षबाट कमजोरी भएको भन्दै आगामी दिनमा पत्रकारहरुको सुरक्षाका लागि समेत गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?