काठमाडौंमा टाटा गाडी दुर्घटना : एकको मृत्यु, दुई घाइते

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ८३२२ नम्बरको टाटा गाडी साइड दिने क्रममा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घना भएको प्रहरीले जनाएको छ। राति दुर्घटना भएको उक्त गाडीमा खसी बोका लोड गरिएको थियो।

दुर्घटनामा परी गोरखाका ५० वर्षीय गोकुल पाण्डे गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइए पनि राति नै उनको मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् । उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?