एजेन्सी । टर्कीको पश्चिमी प्रान्त इज्मिरमा रहेको एक रासायनिक कारखानामा शनिबार भएको विस्फोटमा एक कामदारको मृत्यु भएको छ । साथै अन्य चार जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्यद्वारा सञ्चालित अनाडोलु एजेन्सीकाअनुसार घटना बिहान अलियागा जिल्लाको संगठित औद्योगिक क्षेत्रको एक कारखानामा भएको थियो । एजेन्सीले विस्फोट ग्यास कम्प्रेसनका कारण भएको बताएको छ ।
जसले गर्दा आगो पनि लागेको थियो । घाइते चार कामदारको अवस्था गम्भीर रहेको अनाडोलुले रिपोर्ट गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया