तीनकुने घटनामा पक्राउ परेकामाथि आज राज्यविरुद्धको अपराधमा म्याद थप गरिँदै

लोकपथ
2.9k
Shares

काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्तामाथि आज अनुसन्धानका लागि म्याद थप हुने भएको छ ।

पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध आज अनुसन्धानका लागि म्याद थप हुने भएको हो ।

प्रहरीले उनीहरूलाई ‘राज्यविरुद्धको अपराध कसुर’ अन्तर्गत कारबाही अघि बढाउने तयारी गरेको छ । शुक्रबारको प्रदर्शनमा हिंसात्मक झडप भएपछि प्रहरीले ११३ जनालाई पक्राउ गरेको थियो। प्रहरीले आवश्यक अनुसन्धानपछि अन्य पक्राउ परेकाहरूलाई पनि संगठित अपराध, आगजनी, ज्यान मार्ने उद्योग जस्ता विभिन्न अभियोगमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रदर्शनलाई उग्र बनाउने मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईँ भने फरार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?