निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइयो पूर्वराजालाई जरिवानापत्र

लोकपथ
469
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको जरिवानासम्बन्धी पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ ।

आज आइतबार जरिवानापत्र लिएर निर्मलनिवास पुगेको नगर प्रहरी टोलीको पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको हो । 

काठमाडौं महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले निर्मलनिवासले पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइएको बताए । 

महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभाबी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुख बिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?