काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गर्न प्रस्ताव गरे । उनले उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको घोषणा गरे।
उनले भने, ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा माननीय सदस्यहरूले केही नीतिगत विषयमा उठाउनुभएको र त्यस्ता विषयहरूमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरूपता कायम गर्न उपयुक्त हुने हुँदा मान्य सदस्यहरूका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्षा सम्बन्धी विधेयक संसदमा ल्याउन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकिएको हुँदा कुलपतिको सम्बन्धमा मान्य सदस्यहरूले उठाउनुभएको विषय उक्त विधेयकले सम्बोधन गर्ने हुँदा प्रस्तावित विषयमा सहमति गरेर जान आग्रह गर्दछु । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्न प्रस्ताव गर्दछु ।’
समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा समिति सदस्यहरूले केही नीतिगत विषयमा उठाएका र त्यस्ता विषयहरूमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरूपता कायम गर्न उपयुक्त हुने भन्दै समिति सदस्यहरूका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्षा सम्बन्धी विधेयक संसदमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया