विराटनगर । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हरिनगर गाउँपालिका-३ का ४६ वर्षीय महेशकुमार मेहता रहेका छन् ।
सोमबार सुनसरीको इनरुवा नगरपालिका- ६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । प्रहरीले बसका चालक ३४ वर्षीय सुर्यनारायण चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया