काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति रवि लामिछानेको निलम्बन फुकुवाको लागि दबाब बढाएको छ ।
लामिछाने अध्यक्षका हैसियतमा सक्रिय भएको भोलिपल्टै रास्वपाले आज मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर दबाब बढाएको हो । रास्वपाले यसअघि पनि सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको भए पनि त्यो पत्रको सुनुवाइ अहिलेसम्म भएको छैन ।
यही परिप्रेक्ष्यमा आफूहरू पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । साढे पाँच महिनापछि सोमबार पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उनी उपस्थित भएका थिए । पार्टी बैठकको अध्यक्षतासमेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया