राप्रपा सांसद दीपक बोहराको निधन

लोकपथ
266
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर बोहराको निधन भएको छ ।

बोहोराको आज उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बोहरा गत निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ३ बाट प्रत्यक्ष रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

पूर्वमन्त्री समेत रहेका नेता बोहरा राप्रपाका वरिष्ठ नेता हुन् ।

राप्रपाभित्रको आन्तरिक कलह मिलाउनका लागि बोहराको भूमिका समन्वयकारी रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?