काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।
सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने उनको भनाइ छ । सरकारले आशाका किरणहरू दिन नसकेको उनको आशय थियो । उनले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणमा केही हदसम्म सफल भएको समेत बताए । उनले आफू हिन्दु धर्म मान्ने भए पनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको बताए ।
राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसै गरी अगाडि बढ्न नहुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया