कपिलवस्तु । मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिका–१० अमौलीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० अमौली बस्ने राजेश यादवकी छोरी ४ वर्षीया ईन्दु यादवको मृत्यु भएको हो ।
सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया