बुटवल । सांसद दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइएको छ । मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो ।
उनको शव गृह नगर भैरहवामा ल्याई सिद्धार्थनगर नगरपालिका परिक्रमा गरेर अहिले बोहरा निवास राखिएको छ।
बोहरा गत निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ३ बाट प्रत्यक्ष रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
पूर्वमन्त्री समेत रहेका नेता बोहरा राप्रपाका वरिष्ठ नेता हुन् ।
राप्रपाभित्रको आन्तरिक कलह मिलाउनका लागि बोहराको भूमिका समन्वयकारी रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया