प्रधानमन्त्री ओली थाइल्याण्डमा

लोकपथ
665
Shares

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्याण्डको बैंकक आइपुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक आइपुगेका हुन् ।

उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्याण्डका उपप्रधानमन्त्री एवं यातायात मन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुद मन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्याण्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?