काठमाडौं । युट्युबर गंगा लामा पक्राउ परेकी छिन् । साइबर अपराधको कसुरमा प्रहरीले लामालाई मङ्गलवार पक्राउ गरेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतनी स्थायी ठेगाना भई पुतलीसडकमा कार्यालय चलाएर बसेकी ३९ वर्षीय गंगा लामा भन्ने गंगा कुमारी तामाङलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।
लामाले कुन साइबर अपराध गरेको हो भन्ने खुलेको छैन । यद्यपि साइबर ब्युरोले उनलाई पक्राउ गरी सुरुमा भोटाहिटीस्थित कार्यालयमा ल्याएको थियो । त्यसपछि हिरासतमा राख्नका लागि पठाइएको छ ।
गुड टिभी नामक युट्युब च्यानल चलाएकी लामाले केही समय अगाडि ‘आफ्नै छोरीसँग श्रीमान् रंगेहात भेटेपछि …’ भन्ने शीर्षकको भिडियो पोस्ट गरेकी थिइन् । सोही भिडियोको विषयमा युट्युबर लामा र आरोप लगाउने महिलाविरुद्ध ब्युरोमा उजुरी परेको थियो ।
सोही उजुरी छानबिनका लागि लामालाई पक्राउ गरिएको हो । उनलाई बुधवार अदालतबाट म्याद लिई अनुसन्धान सुरु गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया