काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा ६ सय घटेर एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला दुई हजार २० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया