‘पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदा उनलाई समवेदना फिल हुनुपदैन ?’   

लोकपथ
644
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ । पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपदैन ? भन्दै उनले प्रश्न समेत गरे ।

उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रण्ले महिला राष्ट्रपति बनाएको उल्लेख गरे । उनले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरूलाई सुधार गर्दै जानुपर्ने बताए । उनले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरूमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे । 

तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?