तीनकुने घटनाबारे सरकारको जवाफ माग, शुक्रबारको बैठकमा गृहमन्त्रीले जवाफ दिने

लोकपथ
301
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत १५ गतेको प्रदर्शनको क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृह मन्त्री रमेश लेखकलाई बोलाएको छ । 

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रबारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भीर त्रुटि रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताए । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उनको ठहर छ । 

उनले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिए । प्रहरीले घेरा हालेको बेला किन नसमाएको भन्दै प्रश्न समेत गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?