काठमाडौं । देशकै सबैभन्दा ठूलो र पहिलो क्याम्पस त्रिचन्द्र क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ ।
चैत १९ गते सम्पन्न निर्वाचनको बिहीबार आएको नतिजा अनुसार कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् ।
स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने प्रतिष्पर्धामा रहेका थिए ।
उनीहरुलाई दोब्बर मतान्तरले हराउँदै कोइराला स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।
गत चैत ५ का त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति तोकेको थियो । तर विद्यार्थी संगठनको आन्तरिक किचलोका कारण पुनः चैत १३ गतेका लागि स्ववियु निर्वाचन तोकिएको थियो । त्यसपछि पनि विद्यार्थी संगठनको तालाबन्दीका कारण रोकिएको स्ववियु निर्वाचन मंगलबार सम्पन्न भएको हो ।
सबै मतपेटिकाको मतगणना सम्पन्न भए पनि एकीकृत गर्न बाँकी रहेकाले केहीबेरमा मात्रै निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया