काठमाडौंको वातारण अति प्रदुषित : श्वास फेर्न गाह्रो, आँखामा पिरो (तस्बिरहरु)

लोकपथ
91
Shares

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यका संसारकै प्रदूषित शहरको सूचीमा परेको छ ।

मंगलबारदेखि देखिएको वायु प्रदुषण बिहीबारसम्म आइपुग्दा अति जोखिमपूर्ण अवस्थामा देखिएको छ ।

वातावरण अति प्रदुषित भएपछि अस्पतालहरुमा बिरामीको संख्या समेत ह्वात्तै बढेको छ ।

आईक्यूएयरको तथ्यांकअनुसार, आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (AQI) खतरनाक स्तरमै रहेको छ। AQI ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जुन मानवीय स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ । AQI स्केलअनुसार, १५१–२०० स्तर अस्वस्थ, २०१–३०० निकै अस्वस्थ, र ३०१ भन्दा माथि खतरनाक मानिन्छ ।

तर, वातावरणविद्हरूका अनुसार प्रदूषणको स्तर आजदेखि विस्तारै घट्दै जानेछ। भारतका अत्यधिक प्रदूषित सहरहरू नयाँ दिल्ली र मुम्बईमा वायु प्रदूषण कम भएसँगै काठमाडौंको प्रदूषण पनि घट्ने अनुमान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?