काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
‘विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रक्रिया सम्बन्धमा निश्चित कानुनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छ। तथापि, शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न साझा धारण निर्माण गर्न सरकार तयार छ, यसका लागि शिक्षक तथा कर्मचारीहरूलाई मन्त्रालयमा स्वागत गर्दछौँ, ‘ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया