काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले गरे हाजिर

लोकपथ
2.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् 

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन्  । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएका थिए । 

यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबिच तनाव उत्पन्न भएको थियो । 

कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षतिर लगेका थिए । प्रमुख बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरूले ताल फोडेर गुरागाईँलाई हाजिर गराएका हुन् । प्रमुख बालेन्द्र शाहले गुरागाईँलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?