साना देशहरूमाथि जोखिम बढ्दैछ, सबै सजग बनौँ : प्रधानमन्त्री ओली

लोकपथ
791
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरूमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन् । 

मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको सिलसिलामा एसीया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रवचन दिँदै साना देशहरूमाथि बढेको चुनौती र जोखिमबारे चिन्ता व्यक्त गरेका हुन्  । 

विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरले देशलाई जोखिममा पारेको उनको भनाइ छ  । प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा बढेको हतियारको प्रयोगले मानव जीवन र मानवता नै चुनौतीमा परेको जिकिर गरे । अहिले साना र जोखिममा रहेका देशको दुःखको आवाज सुन्ने कोही नभएको बताउँदै विश्व मानवता र भ्रातृत्वको लागि सबै एकजुट हुन आवश्यक रहेको बताए । उनले अहिले भोगिरहेको जलवायु संकटबारे अहिले नै लड्न नसके देशका नागरिकहरू झनै गरिबी र दुःखमा धकेलिने भएकाले विश्व समुदायलाई गम्भीर हुन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्दै समृद्धि हासिल गर्न अगाडि सारेको कार्यक्रम र रणनीति एक देशको लागि मात्र नभएर सम्पूर्ण विश्वलाई नै शान्ति सहितको विकासको अवधारणा अगाडि सारेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?