तीनकुने घटनाको छानबिनका लागि समिति गठन गर्न निर्देशन

लोकपथ
1.5k
Shares

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले घटनाका बारेमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाउन सरकारलाई निर्देशन दिएको हो । 

समिति सभापति विमला सुवेदीले बैठकको निर्णय सार्वजनिक गर्दै उक्त घटनाका सम्बन्धमा  पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको बताइन्  । 

उनले निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गर्नुपर्ने बताइन् । तीनकुने घटनाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रको गम्भीर उल्लङ्घन गरेको उनको भनाइ छ ।  

उनले सुरक्षा व्यवस्थापनमा सरकारको कमीकजोरी देखिएकाले आगामी दिनमा सुरक्षा चुनौतीको विश्लेषणको आधारमा सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई निर्देशन दिएको बताइन् । समितिले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन छ ।

समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रूपमा सर्वसम्मतिले पारित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?