काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी आन्दोलनका क्रममा लुटपाटमा आफ्ना पार्टीका नेताहरू संलग्न नभएको स्पष्टीकरण दिएको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा लुटपाटमा संलग्न रहेका केही व्यक्तिहरू रास्वपाकै नेताहरू रहेको समाचारहरू बाहिरिएपछि रास्वपाले त्यसबारेमा स्पष्ट पारेको हो ।
लुटपाटमा संलग्न रहेका डा. राजकुमार राई र भगतवी रोका लगायतका व्यक्तिहरू यसअघि रास्वपामा रहेको तर तीन महिना अघि नै रास्वपाबाट अलग भएको बताएको छ ।
कार्यालय सचिव शंकर श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्टिय स्वतन्त्र पार्टीका सदस्य राजावादी आन्दोलनको क्रममा चोरी र लुटपाटमा संलग्न भनेर केही मिडियामा प्रस्तु समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्व नेता रहेका डा. राजकुमार राई, भगवती रोका लगायतका व्यक्तिहरू विगत ३ महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका स्पष्ट गरिएको छ ।’
त्यस्तै कानुन उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन समेत रास्वपाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया