काठमाडौं । हुण्डी कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई २० लाख ९२ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिब्बत स्थायी ठेगाना भई हाल बौद्ध बस्दै आएका २६ वर्षीय रिक्से वाङमो रहेका छन् ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको साथबाट २० लाख ९२,००० नगद फेला परेपछि उक्त रकमसहित उनलाई बुधबार साँझ साढे ५ बजे महाबौद्धबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट एक हजार दरको नोट १ हजार १८३ थान, ५०० को नोट १ हजार ८१८ थान रहेको थियो भने आइफोन कम्पनीको एक थान मोवाइल पनि रहेको थियो ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी)अपिलराज बोहोराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया