काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् ।
बिहीबार मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरे ।
उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगि रहेको बताए । सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरू व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न तथा राष्ट्रिय समस्याको समाधान गर्न सात दलीय मोर्चा गठन गरिएको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया