दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई महाभियोगमार्फत पदच्युत गर्ने संसद्को निर्णय सदर

लोकपथ
854
Shares


काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योललाई महाभियोगमार्फत पदच्युत गर्ने संसद्को निर्णय सदर गरेको छ । आज शुक्रबार भएको यो निर्णयले योलको राष्ट्रपति पद तत्काल गुम्नेछ भने राष्ट्रपति भवन पनि खाली गर्नुपर्ने भएको छ ।
समाचार एजेन्सी सीएनएनका अनुसार, संवैधानिक अदालतका सबै न्यायाधीशको सहमतिमा यो फैसला आएको हो ।

संवैधानिक अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले भने राष्ट्रपति युन सुक योलको मार्सल ल लगाउने आदेश असंवैधानिक भएको बताए । उनले भने, ‘ किनभने, त्यति बेला कुनै गम्भीर राष्ट्रिय संकट थिएन र उनले यो घोषणा गर्नुको कारण उचित भएको ठहर गर्न सकिन्न ।’

संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सुलाई कार्यवाहक राष्ट्रपतिका रूपमा पुनः नियुक्तिको आदेश गरेको छ ।
संवैधानिक अदालतको यो फैसलासँगै अब ६० दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?