भारतमा वायुसेनाको लडाकु विमान दुर्घटना

लोकपथ
966
Shares
सांकेतिक तस्बिर

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ ।

अर्का एक गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् ।

गुजरातको राजधानी गान्धीनगरबाट लगभग ३३४ किलोमिटर पश्चिममा रहेको जामनगर जिल्लाको सुवर्दा गाउँको खुला मैदानमा बुधवार राति दुर्घटनापछि लडाकु विमानमा आगो लागेको थियो ।

भारतीय वायुसेनाले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?