गृहमन्त्रीको तर्क : राजावादीको आन्दोलन अराजक, भृकुटीमण्डपको कार्यक्रम सभ्य र भब्य

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी प्रदर्शन अराजक र असम्भय भएको आरोप लगाएका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गत चैत १५ गतेको राजावादी र समाजवादी मोर्चाको कार्यक्रमसहित तीनकुने घटनाबारे जवाफ दिएका हुन् ।

उनले समाजवादी मोर्चाले गणतान्त्रिक व्यवस्थाको पक्षमा भएको आन्दोलन शान्तिपूर्ण, सभ्य र भब्य भएको दाबी गरे । साथै तीनकुनेमा राजावादीहरुले गरेको कार्यक्रम त्यसको विपरित असभ्य र अशान्त रहेको दाबी गृहमन्त्रीको रहेको थियो ।

लोकतन्त्रमा आन्दोलन र प्रदर्शन गर्न पाउने सबैको अधिकार भए पनि शान्तिपूर्ण ढंगले कार्यक्रम गर्नु पर्नेमा तीनकुनेमा त्यसो हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?