काठमाडौं । सरकारले गत चैत १५ गतेको राजावादीहरुको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भएका क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।
आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले सो कुरा बताएका हुन् ।
उनले व्यक्तिको निजी घर, भवन, कार्यालय, सरकारी स्वामित्वमा रहेको जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालय र सञ्चारगृहमा समेत तोडफोड र आगजनी भएको बताए ।
साथै सो क्रममा १८ वटा भवनमा तोडफोड, १२ वटा भवनमा आगजनी र ३९ वटा सवारी साधनमा आगजनी भएको समेत बताए ।
साथै सो क्रममा ५५ जना नेपाल प्रहरी, ५४ जना प्रदर्शनकारी र २५ जना सशस्त्र प्रहरी घाइते भएको र उपचार भइरहेको समेत बताए ।
आयोजकहरुले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्ने पटकपटक आश्वासनपछि प्रशासनले आन्दोलनको स्वीकृती दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया