तीनकुने घटनामा सरकार असफल, सुझबुझ नपुर्‍याउँदा  झुक्कियो : चित्रबहादुर केसी

लोकपथ
259
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको आन्दोलनबारे सरकारले तयारी गर्न नसकेको टिप्पणी गरेका छन् ।

आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै समिति सदस्य समेत रहेका सांसद केसीले सरकार त्यो अन्दोलनका बारेमा झुक्किएको समेत टिप्पणी गरे ।

फागुन २५ गते पूर्वराजाको स्वागतपछि हौसिएका राजतन्त्रवादीहरुले त्यसयता दिइरहेको अभिव्यक्तिको समेत सरकारले अबमूल्यन गर्दा सो दिनको घटना घटेको उनको दाबी छ । त्यो आन्दोलन मैत्रीपूर्ण हुने कुनै सम्भावना नरहेको अवस्थामा सरकारले नागरिकको ज्यान बचाउने काममा लाग्न, भौतिक क्षति रोक्ने काममा लाग्न नसकेको बताए ।

‘त्यो सामान्य, शान्तिपूर्ण र मैत्रीपूर्ण आन्दोलन थिएन । त्यो आन्दोलन लोकतन्त्र गणतन्त्र सित्तध्याउनुपर्छ भन्ने थियो । त्यस्तो सत्रुतापूर्ण आन्दोलनलाई सरकार जुन किसिमले सामना गर्नुपर्ने, तयारी गर्नुपर्ने थियो तर त्यो गर्न सकेन, सरकार झुक्कियो,’ उनले भने ।

त्यस्तै केसीले आफूहले पनि निरन्तर आन्दोलन गरे पनि तीनकुने घटना जस्तो आन्दोलन नगरेको बताए । साथै अहिले सरकार चनाखो हुन नसकेको टिप्पणी गरे । अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने किसिमको काम भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?