राप्रपा सांसद बुद्धिमान तामाङले दुर्गा प्रसाईँलाई ‘त्यो फोटावाला भनेपछि…’

लोकपथ
4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले तीनकुने घटनाबारे सरकारले अहिलेसम्म पनि सत्यतथ्य छानबिनको पहल नगरिनु गम्भीर विषय रहेको बताए ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले त्यसको मुख्य जिम्मेवार को हो ? भन्ने किटान गर्न नसक्दा नागरिकमा थप आक्रोश पैदा भइरहेको बताए ।

बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै उनले राष्ट्रिय गान बजिरहेको समयमा अश्रुग्यास हानिएको बताए ।त्यस्तै उनले उक्त आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको नामै नलिइ ‘ठूलो फोटोवाला’ भन्दै व्यंग्य गरे ।

‘प्रदर्शनका क्रममा सबैभन्दा पहिला प्रहरीले भीडलाई तितरवितर बनाएर भाग्ने ठाउँ पो दिनुपर्छ त । अर्को कुरा महर्जन भाई आफैँ फर्किएर गइरहेको छ, उसलाई गोली हान्नु ठिक हो ?,’ उनको प्रश्न थियो, ‘अब न्यायकि समिति गठन गरेर छानबनि गर्नुपर्छ । अहिले बाहिर सत्तापक्षले नै यो काम गर्यो भन्ने चर्चा भइरहेको छ । जताततै ड्याङ् कि ड्याङ्, अझ त्यो अर्को मान्छे आउनुभन्दा पहिला…. केरे.. केरे…त्यो फोटोवाला…दुर्गा प्रसाईँ (बैठक हलमा हाँसो चल्छ) ।’

सोही समयमा समिति सभापति रामहरि खतिवडाले माननीय सदस्य दुईवटा फोटो देखेँ भन्नुहुन्थ्यो, कुनचाँही फोटोवाला हो ? भन्दै गरेको प्रश्नमा उनले हातको इशारा गर्दै भने, ‘ठूलो फोटोवाला हो, हात माथि हल्लाउनेवाला हो । नमस्ते वाला होइन (ज्ञानेन्द्र शाह) ।’

उनले आफू फरक विचारधारा रहे पनि अहिलेकै संविधान अनुसार जनताको अभिमत लिएर संसद र समितिमा बसेको बताए । साथै पञ्चायतको संविधान निर्बिकल्प भन्ने थियो तर अहिलेको संविधान निर्बिकल्प रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?