काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज शुक्रबार भएको बैठकको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले गत चैत्र १५ गते शुक्रबारका दिन त्यस क्षेत्रमा राजावादीहरूले गरेको विरोध प्रदर्शनमा घटेका घटनालाई लिएर सो निर्देशन दिइएको बताए ।
बैठकले सो घटनामा दोषी उपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले त्यस दिनको घटनाको सत्य तथ्य छानबिन गरी प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यसमा संलग्न हुने व्यक्तिहरूलाई आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
त्यस दिन तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया