ओलीसँगको भेटपछि मोदीले लेखे– ‘भारतले नेपालको मित्रतालाई प्राथमिकता दिन्छ’

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको ब्यांककमा भेटघाट भएको छ ।

आधा घण्टा बढी समय भएको भेटघाटमा द्वीदेशीय सम्बन्धदेखि विविधि पक्षमा भेट भएको बताइएको छ ।

भेटपछि सामाजिक सञ्जालमा लेख्दै मोदीले भेटघाट फलदायी भएको र उर्जा, कनेक्टिभिटी, संस्कृती साथै प्रविधिका क्षेत्रमा समेत सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताए ।

त्यस्तै बिम्स्टेक सम्मेलनबाट प्राप्त सकारात्मक परिणामहरुसहित विपद् व्यवस्थापन तथा समुन्द्री यातायातका क्षेत्रमा समेत कुराकानी भएको बताए ।

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा । हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं,’ मोदीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?