काठमाडौं । शिवम सिमेन्ट लिमिटेड १७औँ कर्पोरेट उत्कृष्टता पुरस्कार २०२५ बाट सम्मानित भएको छ ।
चैत्र २१ गते काठमाडौंमा कर्पोरेट खबरद्वारा आयोजित इश्वोरलाल १७औँ कर्पोरेट व्यापार पुरस्कार २०२५ कार्यक्रम मार्फत शिवम सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम सिमेन्ट लिमिटेडलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित गरिएको हो ।
यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम सिमेन्ट लिमिटेडले विगतका दिनहरूमा समेत विभिन्न अवार्डहरूबाट सम्मानित भएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया