गरिमा विकास बैंकका ग्राहकहरूलाई दराजबाट सामान खरिद गर्दा १५% छुट

लोकपथ
77
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको डेबिट/ क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबिच सम्झौता भएको छ ।

नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । 

यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकहरूले दराजको वेबसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५प्रतिशत वा अधिकतम रु.७५० सम्म र डेबिट कार्ड होल्डर ग्राहकहरूले १०प्रतिशत वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।  छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ  । 

गरिमा विकास बैंकका कार्ड होल्डर ग्राहकहरूले यस योजना सुरु भएपश्चात् दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध हुने यस विकास बैंकको नाउँको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?