घरबाटै पक्राउ परे रवि लामिछाने

लोकपथ
2.5k
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घरबाटै पक्राउ परेका छन् ।

आज उच्च अदालत तुलसीपुरले आदेशले लामिछाने पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यसलाई चित्त नबुझाइ साधारण तारेखमा छाड्नुपर्ने मागसहित लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई पुनः थुनामा राख्न आदेश दिएको हो ।

त्यससँगै लामिछाने पक्राउ परेका हुन्् । उनलाई आजै भैरहवा लगिने नभएमा भोलि मात्रै भैरहवा लगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?